Sunday, August 18, 2013

हरेक किसिमका भूमिकामा सुहाउने नायक राजेश हमाल भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजनीति’मा नेताको भूमिकामा देखिदैछन् । बसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, दिपक सुवेदी, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा नायक राजेश हमाल देश बेच्नेहरुको विरुद्धमा उभिएको देख्न सकिन्छ । दिपक सुवेदी र हरि पन्तको निर्माणमा तयार भएको यो चलचित्रले नेपालको राजनीतिक अवस्थालाई चित्रण गर्न खोजेको छ ।
चलचित्रको निर्माणपक्षले तयार पारेको नयाँ प्रोमोमा नायक हमाललाई मसाल बोकेर राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको देख्न सकिन्छ । यो चलचित्रले बक्स अफिस कलेक्शनमा राम्रो रेकर्ड राख्ने आशा गरिएको छ ।

No comments :

Post a Comment