१ भदौ, काठमाडौं ।
काठमाडौं निवासी उषा राईले श्रीमान् अर्कै महिलासँग लागेको भन्दै विष सेवन गरि आत्महत्या गर्नुभएको छ । श्रीमान् सानु भनिने बिरबहादुर राईको घरनजिककै निवासी महिला बिमला पुतुवारसँग अनैतिक सम्वन्ध गाँसेर बाहिर बाहिर हिँड्नेगरेको भन्ने हल्ला र देख्नेहरुले सुनाएपछि केहीदिन देखी श्रीमान् बिरबहादुरसँग समेत घरायसी विवाद भएको र शुक्रबार राति विष सेवन गरि आत्महत्या गरेको पाइएको बालाजु प्रहरी बृतले जानकारी दिएको छ ।
निज राई घर निर्माण लगायत ठेक्का पट्टा गर्दै आएका थिए भने रक्सीको पसल समेत थापेका छन् । यसअघि समेत आरोपित बिमला पुतुवारकै घरमा डेरा गरि बसेको उषा परिवार श्रीमान्सँग घरपेटीले अनैतिक सम्वन्ध गाँसेको भन्ने हल्लाका विच नजिकैको घरमा डेरा सरेको बताइन्छ । आफ्नी चेलीले आत्महत्या गर्नुमा श्रीमान् र निज बिमलाको दोष रहेको भन्दै मृतक उषाका माइतिपक्षले प्रहरीमा किटानी दिएपछि प्रहरीले शनिवारको लागी दुवैलाई बालाजु प्रहरीबृतमा थुनेको छ ।
मृतक उषाका श्रीमान सानु तस्विरमा गोलो घेरा भित्र । बालाजु प्रहरी बृतमा
नीज बिमलाका श्रीमान् भने केही महिना अघि मात्र बैदेशीका रोजगारीमा गएका छन । मृतक उषाको १२ र ६ बर्षका छोरा र छोरी रहेका छन् । मृतक उषाको भने बिष सेवन पछि उपचारको क्रममा जनमैत्री अस्पताल बालाजुमा मृत्यु भएको हो । अहिले मृतक उषाको शव त्रीवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमको लागी राखिएको छ ।
भिडियो हेर्नुहोस्
साथमा साथ हातमा हात ! हरेक समय यहाहरुको साथमा समर्पित हुने छौ !!

No comments :
Post a Comment