भाद्र ३
पछील्लो समयमा बालक देखी बृद्ध सम्म सबैका लागि फेसबुक प्रिय बनेको छ । यहि बढ्दो लोक प्रियताका कारण फेसबुक चलाउनेको संख्यामा पनि बृद्धी भएको छ । फेसबुकमा रहेका हजारौ फाईदा बुझेका प्रयोगकर्ताहरुले यसको बेफाईदा कमै मात्रामा बुझेका छन् । यसैले पनि यसको लोकप्रियता बढ्दै गएको हो ।
पछील्लो समयमा बालक देखी बृद्ध सम्म सबैका लागि फेसबुक प्रिय बनेको छ । यहि बढ्दो लोक प्रियताका कारण फेसबुक चलाउनेको संख्यामा पनि बृद्धी भएको छ । फेसबुकमा रहेका हजारौ फाईदा बुझेका प्रयोगकर्ताहरुले यसको बेफाईदा कमै मात्रामा बुझेका छन् । यसैले पनि यसको लोकप्रियता बढ्दै गएको हो ।
सोसल नेटवर्किंग साइटको रुपमा रहेको फेसबुकको बढ्दो लोक प्रियता संगै ह्याक हुने समस्याले सबैलाई पिरोल्ने गरेको छ । यसैको सिकार स्वयं फेसबुकका मालीक समेत प्रभाबित भएका छन् ।
ह्याकरले फेसबुकको मालिक मार्क ज्युकरवर्गको एकाउन्ट नै ह्याक गरेर उनको वालमा नै एक पोस्ट गरीदिएका छन ।
ह्याकरले यसको बारेमा पटक पटक बताए पनि उनको कुरामा कसैले ध्यान नदिए पछी उनले फेसबुकका मालिककै फेसबुक एकाउन्ट ह्याक गरेका हुन ।उनले ज्युकरवर्गको साथी गडिनको वालमा पनि पोस्ट गरीदिएका छन ।
खालिल नाम बताउने ति ह्याकरले फेसबुकको सेक्कुरिटि टिमलाई ईमेल पठाएर आफ्नो नाम खलील भएको र आफुले इनफर्मेशन सिस्टममा व्याचलर गरेको बताएका थिए । उनले इमेलमा ाबअभदययप।अयm लाई एक नयाँ बलग बनाउन चाहेको कुरा समेत उल्लेख गरेका थिए ।
खालिलले ज्युकरवर्गको वालमा उनको गोपनियता भङग गरेकोमा माफी समेत मागेका छन् ।
फेसबुक टीमले खालिललाई सम्पर्क गरेर ज्युकरवर्गको पेज कसरी ह्याक गरेको भनेर सोधपुक्ष गरेको छ । फिलिपिन्सका एक ह्याकरले फेसबुकको जुन सुकै फेसबुक प्रयोग कर्ताको पोस्टमा जे पनि पोस्ट गर्न सक्ने समेत दाबी गरेका छन।
फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो । जुन,फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथि बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्छन। आफ्नो प्रोफाइल अध्यावधी गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउने गरेका छन् ।
फेसबुकको पेज बनाइ ब्यापारको प्रबर्धन गर्न सकिने, शैक्षीक , सामाजिक लगाएतका क्षेत्रमा पनि यस मार्फत सुचना प्रदान गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ । यस्तै चर्चित ब्यक्तित्वहरूले पेज मार्फत आफ्ना प्रशंसकहरू सङग अन्तरक्रिया गर्ने गरेका छन् ।
फेसबुकमा अहिले च्याट,भिडियो च्याट,सामुहिक च्याट र गित सुन्ने जस्ता सुबिधाहरू थप गरिएको छ। फेसबुक प्रयोग गर्न प्रयोगकर्ता कम्तिमा १३ बर्षको उमेरको हुनु पर्ने प्राबधान रहेको छ ।http://keshavpakhrin.blogspot.com/
No comments :
Post a Comment