Wednesday, August 21, 2013

अर्को जन्म

अर्को जन्म रंग बिनाको फुल बनाइ दिनु मलाई
निस्वार्थी त्यो भमराको हुल बनाइ दिनु मलाई 

बसन्तमा रस चुसी खडेरीमा हराउने लाइ
प्यास मेटाउने जहरको मूल बनाइ दिनु मलाई

यो जुनी त उधारोमै सौदा गर्यो दुनियाले
अर्को जुनी इमान्दारीको असुल बनाइ दिनु मलाई 

पश्चाताको आगो भित्र जलेको छु आज यहाँ
फेरी कहिले नदोहोरिने भुल बनाइ दिनु मलाई

No comments :

Post a Comment